राप्रपाले थाल्यो कार्यकर्ता प्रशिक्षण

राप्रपाले थाल्यो कार्यकर्ता प्रशिक्षण

४८७ पटक पढिएको

कार्तिक २७, काठमाडौँ । मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई ध्यानमा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देखि अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरको छ । निर्वाचनका लागि आबश्यक रणनीति निर्माण गर्ने र चुनावी नतिजा आफ्नो पक्षमा पार्ने योजना अनुसार आजदेखि प्रशिक्षण थालिएको राप्रपाले जनाएको छ । प्रशिक्षण विभागका प्रमुख भुवन पाठकले दिएका जानकारी अनुसार पार्टीले राष्ट्रवादी, हिन्दूवादी, राजावादी, उदारवादी र सबंद्धनवादी चिन्तनलाई वैचारिक दृष्टिकोण बनाएकाले ती विषयमा तल्लो तहदेखि नै प्रशिक्षित बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रशिक्षण लिएका अगुवा नेताले ७७ जिल्लामा प्रशिक्षण दिनेछन् । प्रशिक्षणका लागि सबै प्रशिक्षक जिल्ला जिल्लामा पुगीसकेका छन् ।