चिनियाँ कम्पनीसँगको बुढीगण्डकी आयोजना सम्झौता खारेज

चिनियाँ कम्पनीसँगको बुढीगण्डकी आयोजना सम्झौता खारेज

४८१ पटक पढिएको

कार्तिक २७, काठमाडौँ । सरकारले चिनियाँ कम्पनी गेजुवासँग गरेको बुढीगण्डकी जलविद्युत आयोजना निमार्ण सम्बन्धी सम्झौता खारेज गरेको छ ।

आज बसेको मन्त्रीपरिषदको  बैठकले सम्झौता खारेज गरेको हो । उपप्रधान तथा उर्जामन्त्री कमल थापाले ट्वीटरमार्फत दिएको जानकारी अनुसार आजको बैठकले सम्झौता खारेजको निर्णय सरकारले गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले गत जेठ ९ गते जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावार्ट) जलविद्युत् आयोजना चीनको कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई दिने निर्णय गरेको थियो । उक्त कम्पनीलाई आयोजनाको निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा दिने निर्णय भएको भन्दै तत्कालीन सरकारको आलोचना समेत भएको थियो ।