राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु

राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु

२९१ पटक पढिएको

काठमाडौं । पर्सि हुने राष्ट्रिय सभा निर्वाचनका लागि गएराती १२ बजे देखि मौन अवधी शुरु भएको छ । निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघिबाट मौन अवधी शुरु भएको हो । हिजै रातिबाट मौन अवधीको समयमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । निर्वाचन आयोगले सामाजिक संजाल, तथा कुनै पनि प्रविधिको प्रयोग गरेर भोट माग्न नपाइने जनाएको छ ।

मौन अवधीमा चुनाव प्रचार–प्रसार गरेको पाइए सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी नै खारेज गर्न सकिने संवैधानिक प्रावधान रहेको छ । प्रत्येक प्रदेशबाट ८–८ जना गरी राष्ट्रिय सभा निर्वाचनमा ५६ सदस्य निर्वा्चित हुनेछन् । साथै निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि हिजेसाँझ नै सवै मतदान केन्द्रमा मतपत्र पुर्याई सकिएको जानकारी दिएको छ ।  यस्तै प्रदेश नम्बर २ मा भने सबै ८ जना निर्विरोध भएकाले निर्वाचन गर्नु नपर्ने भएको छ । राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुने ५६ सिटमध्ये २४ जना निर्विरोध भएका छन् भने बांँकी ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।