सिन्धुपाल्चोकमा भूकम्पपीडितलाई दिने पैसा निख्रियो

सिन्धुपाल्चोकमा भूकम्पपीडितलाई दिने पैसा निख्रियो

४०८ पटक पढिएको

भूकम्पपीडितहरुका लागि पुनर्निर्माण प्राधिकरणमार्फत अर्थ मन्त्रालयले सिन्धुपाल्चोकका लागि निकाश गरेको रकम सकिएपछि लाभग्राहीहरु समस्यामा परेका छन् । विगत १० दिनदेखि कोष तथा लेखा नियन्त्रण कार्यालयमा अनुदानबापत पठाइएको रकम सकिएको हो ।

जिल्ला समन्वय समितिले थप अुनदान माग गर्नुपर्ने भए पनि समन्वय समितिले रकम माग नगर्दा पीडितहरुले १० दिनदेखि रकम पाउँन सकेका छैनन् । अर्थ मन्त्रालयले भूकम्पपीडितहरुका लागि चालु आर्थिक वर्षको सुरुवाती महिनामा ३ अर्ब ८४ करोड ८९ लाख ८२ हजार निकासा पठाएको थियो । तर यो रकम सकिएको १० दिन भइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख शम्भुप्रसाद पोखरेलले बताउनु भएको छ । उता जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी जगन्नाथ पन्तले चिठी लेखेरै रकम माग गरिएको बताउनु भएको छ ।