सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

५७१ पटक पढिएको

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७० र७१ मा एक हजार ७ सय ८७, ०७१ र७२ मा दुई हजार ४,  ०७२ र ७३ मा दुई हजार ६, ०७३ र७४ मा दुई हजार ३ सय ८४ र ०७४ र ७५ को कात्तिक मसान्तसम्म ८ सय १ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेका अनुसार  साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन्  । ‘दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको छन् ।