अनमोल फेरि अर्काे फिल्ममा देखिने

अनमोल फेरि अर्काे फिल्ममा देखिने

३३१ पटक पढिएको

ड्रिम्स स्टारर अनमोल केसी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय निक्कै चर्चित नायक मध्येका एक हुन् । पर्दामा उनलाई हेर्न चाहानेको सङख्या धेरै छ । तर नायक अनमोलका फ्यानहरुले उनलाई कमै मात्र फिल्ममा देख्छन् या भनुम् उनले कम फिल्म खेल्ने गरेका छन् । ‘गाजलु’ रिलिज भएको करिब डेढ बर्ष पछि अनमोललाई अब चलचित्र ‘कृ’ मार्फत माघ २६ गते पर्दामा देख्न सकिनेछ । 
तर अनमोलका फ्यानहरुका लागि खुसी खबर आएको छ । अनमोल ‘कृ’ लगतै आफ्नै होम प्रोडक्शनमा बन्न लागेको  नाम नखुलाइएको नयाँ फिल्ममा देखिने भएका छन् । द सुपर काजोल फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा ड्रिम्स मा देखिएको बाबु–छोराको जोडी दोहोरिने
छ । फिल्मलाई भूवन केसीले निर्माण गर्दैछन् ।


दिवाकर भट्टराइले निर्देशन गर्ने चलचित्रमा सामिप्यराज तिमिल्सिनाको कथा रहनेछ । निर्माणपक्षले चलचित्रलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने तयारी गरेको छ ।