‘पिंजडा व्याक अगेन’को दोस्रो गीत सार्वजनिक 

‘पिंजडा व्याक अगेन’को दोस्रो गीत सार्वजनिक 

४४७ पटक पढिएको

एक्सन स्टार निखिल उप्रेती अभिनित डेब्यू फिल्म ’पिंजडा’को नेम सिक्वेल ‘पिंजडा व्याक अगेन’को चर्चा अहिले सर्बत्र भइरहेको छ । माघ ४ गते प्रदर्शन हुन लागेको चलचित्रमा निखिल उप्रेती र सारा सिर्पालीको अभिनय देख्न सकिन्छ । यसैबीच ‘पिंजडा व्याक अगेन’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिमी नि आधा, म पनि आधा’ बोलको रोमान्टिक गीत आइतवार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । 


गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द र संगीतकार अर्जुन पोखरेल र गायिका अञ्जु पन्तको आवाज रहेको छ । रामजी लामिछानेकोे कोरियोग्राफी रहेको गीतमा नायक निखिल उप्रेती र नायिका सारा सिर्पालीले छमछमी नाचेको देख्न सकिनेछ ।

 
‘पिंजडा व्याक अगेन’ले दर्शकलाई मनोरञ्जन दिनेमा निखिल आशावादी देखिन्छन् । यसअघि नै चलचित्रको कु कु कु बोलको गीत सार्वजनिक भईसकेको छ ।