आईएमई पे को बी टु बी सेवा शुरु :संञ्चालक डेनियल डी  श्रेष्ठ

आईएमई पे को बी टु बी सेवा शुरु :संञ्चालक डेनियल डी श्रेष्ठ

२१९ पटक पढिएको

नेपाल कै पहिलो भुक्तानी सेवा प्रदायक आइएमईले मोबाईल वितिय सेवामा आधारित  बी टु बी सेवा सुरुवात भएको घोषण गरेको छ ।   आईएमई डिजिटलले आईएमई पे गरौँ, व्यवसाय बढाऔैँ भन्ने नारा सहित आफ्नो बी टु बी सेवा संञ्चालन गर्ने घोषणा गरेको हो । बि टु बि सेवाको सुरुवातसँगै  सेवाग्राहीहरुले रकम ट्रान्सफर गर्ने ,बिजुली , इन्नटरनेट , डिटिएच बिल भुक्तानी , रिचार्र्ज गर्ने लगाएतका सुविधा प्राप्त गर्ने बताईएको छ । त्यस्तै आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने , क्यास इन र क्यास आउट तथा मोबाइल सम्बन्धी सेवाहरु समेत उपलब्ध गराउने छ ।  नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त आईएमई डिजिटल सोलुसनले व्यक्ति व्यक्ति विचमा हुने समान्य रकम ट्रान्सफर र घरायसी विलहरुको भुक्तानीमा सहयोग पु¥याउने प्रमुख संञ्चालक डेनियल डी श्रेष्ठले बताउनु भयो । आईएमई डिजिटलले वित्तिय सेवाको पहुँच नुपुगेका सर्वसाधारणमा समेत योगदान पु¥याउने लक्ष्य लिएको छ ।