‘पर्ख न त हेरौला भन्ने दिन गए’ : एमाले अध्यक्ष ओली

‘पर्ख न त हेरौला भन्ने दिन गए’ : एमाले अध्यक्ष ओली

१५० पटक पढिएको

खेम बम, कठमाडौं । विकास र सम्बृद्धिका लागि जुट्नुपर्ने समय आएको नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले बताउनु भएको छ । पर्ख र हेर भन्ने समय नरहेको बताउदै उहाँले स्थायी सरकारपछि देश विकासले गति लिने कुरामा शंका नगर्न सबैलाई आग्रह गर्नुभयो । नेपाल व्यवस्थापन संघले आफ्नो स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेका कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

 नेपालमा लगानीको निमित्त विभिन्न ढोका चाहानुपर्ने बाध्यता रहेकाले लगानीकर्ता अन्यन्त्र पलायन हुनुपरिरहेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो । त्यसरी पलायन हुने स्थिति नआएको भए उद्योग स्थापना कति भईसक्थ्यो तर यहाँ फाइलै अघि बढेन भन्ने गुनासो आउने स्थिति रहेको र अब यस्तो स्थिति आउन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले संघीयताबारे अनुभवमा कमी रहेकाले आफैँले अभ्यास गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । साथै उहाँले अब हामीले राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अलि तीव्र गतिमै र हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित रहेको बताउनुभयो ।