प्रधानमन्त्री देउवा पश्चिमको चुनावी अभियानमा 

प्रधानमन्त्री देउवा पश्चिमको चुनावी अभियानमा 

१६७ पटक पढिएको

चुनावी अभियानका क्रममा पश्चिम नेपालमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज कैलाली पुग्नुभएको छ । उहाँले आज कैलालीमा पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई शान्त र भयरहित बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । धनगढीमा सुरु भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले मातहतका सुरक्षा निकायलाई सो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारको सुरक्षामा ध्यान दिन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । केही समय यता उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।