चुनावी अभियानमा देउवा आज गृह जिल्ला डडेल्धुरा पुग्दै

चुनावी अभियानमा देउवा आज गृह जिल्ला डडेल्धुरा पुग्दै

२६७ पटक पढिएको

चुनावी अभियानका क्रममा पश्चिम नेपालमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा पुग्दै हुनुहुन्छ । हिजो कैलालीको चुनावी अभियानमा सहभागि हुनुभएका देउवाले आज आफ्नो गृहजिल्ला डडेल्धुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । डलेल्धुरामा हुने चुनावी सभा तथा  पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्तासँग देउवाले भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।  गत शनिबार ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका प्रधानमन्त्री देउवाले अबको एकसाता पश्चिम नेपालमै बिताउनु हुने उहाँका सहयोगी भानु देउजाले जानकारी दिनुभयो ।

सुदुरपश्चिममा रहदा उहाँले कञ्चनपुर, डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुलासहितका जिल्लामा आयोजना हुने चुनवी कार्यक्रममा सहभागी बन्नुहुनेछ । शुदुरपश्चिममा कांग्रेसको निर्वाचन परिचालन समितिले केन्द्रीय नेताहरूकै उपस्थितिमा प्रदेशस्तरीय सभाको तयारीपनि गरेको छ । यसैबिचः आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र तीव्र बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल परम्परागत शैलीमै सबै निर्वाचन क्षेत्रसम्म र्पुयाए पनि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भिडियो सेयरिङ साइट, युट्युबसहितको प्रयोग भने आक्रामक बनाएको हो ।