ओली र दाहालले आज बागलुङ र स्याङ्जामा सम्बोधन गर्ने

ओली र दाहालले आज बागलुङ र स्याङ्जामा सम्बोधन गर्ने

१६२ पटक पढिएको


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यापक प्रंचारप्रशारमा रहेका बाम गठबन्धनका शिर्श नेताहरुले आज बागलुङ र स्याङ्जामा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । दुबै सभालाई नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्नै कार्यक्रम तय भएको छ । आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कम्युनिष्ट गठबन्धनले हिजोदेखि संयुक्त चुनावी सभा सुरु गरेका हुन् ।

मंसिर ९ गतेसम्म संचालन हुने सभालाई दुवै नेताले संयुक्त रुपमा संवोधन गर्ने छन् । यसअघि हिजोे बाम गठबन्धनले गोरखामा चुनावी सभाको आयोजना गरेको थियो । मतदातालाई आफ्नो पक्षमा पार्न बाम गठबनधनले पहिलो र दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लामा प्रंचारप्रशार र घरदैलो पनि तिब्र बनाएको छ ।