नेपालकै होचा कलाकार दिपेन शाहको निधन

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

४८० पटक पढिएको


कार्तिक ३० ,काठमाण्डौँ । नेपालकै होचा कलाकार दिपेन शाहको आज  बिहान निधन भएको छ । केही दिनअघि ज्वरोका कारण  अस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो ।  दुई वटै मृगौला फेल भई मुटुमा पनि असर पुगेपछि उहाँको  निधन भएको हो ।२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिकामा जन्मनुभएका शाह हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बन्नुभएको थियो । ३१ इन्च मात्र अग्ला शाहले ‘सारथी’ चलचित्रबाट अभिनयको यात्रा शुरु गर्नुभएको हो । उहाँ  ललितपुरको डाँफे स्कूलको कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो । उहाँको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले श्रृद्धाञ्जलीका लागि उहाँको  पार्थिव शरीरलाई नेपाल एकाडेमी राख्ने पहल भइरहेको जानकारी दिनुभयो  ।