कांग्रेस नेतृत्वको सरकार काम चलाउ मात्र : ओली 

कांग्रेस नेतृत्वको सरकार काम चलाउ मात्र : ओली 

५७४ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार काम चलाउ मात्र भएको टिप्पणी गर्नुभएको छ । लमजुङको बेंसीसहरमा हिजो आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव गराउन मात्र सरकार बनेकाले निर्णय गर्ने अधिकार नभएको उल्लेख गर्नुभयो ।

बुढीगण्डकी आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीसंगको सम्झौता खारेज गरेको प्रति आपत्ति जनाउंदै उहाँले एक महिनाको सरकारलाई लाइसेन्स दिने र खारेज गर्ने अधिकार नभएको जिकिर गर्नुभएको हो । वामपन्थीको मत ७० प्रतिशत रहेको दावी गर्दै ओलीले बहुमतको सरकार बनाउन कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाँले पछाडिका सबै कुरा बिर्सेर समृद्ध नेपाल बनाउन वामपन्थीबीच चुनावी एकता भएको दावी गर्नुभयो । अध्यक्ष ओलीले वामपन्थी सरकार बन्ने भयो भनेर कांग्रेस आत्तालिएको समेत बताउनुभयो ।