बाला चतुर्दशी मनाईदै 

 बाला चतुर्दशी मनाईदै 

४०७ पटक पढिएको


कार्तिक ३० ,काठमाण्डौँ ।देशभर बालाचतुर्दशी पर्व मनाईँदै छ ।। कृष्ण चतुर्दशी पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा रातभर जागाराम बसेर भोली बिहान सतबिज छर्ने चलन छ ।। मार्ग कृष्णपक्षको त्रयोदशीका दिन आज राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन भोली बिहान त्वीज छरीन्छ ।। शतबीज छर्न देशका पशुपतीनाथ, लगायतका प्रमुख सिवालयमा भक्तजनको भिड बढ्न थालेको छ । पशुपतीनाथमा आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।