
रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी
युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।
टोटनह्याम हट्सपरले भने रियल मड्रिडसँग १–१ गोलको बराबरी खेलेको छ । स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा भएको खेलमा रियाल मड्रिडका राफेल भारानेले आत्माघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो ।
तर रियालका क्रिस्चियानो रोनाल्डोले पेनाल्टीमार्फत एक गोल फर्काउँदै खेल बराबरी गरे । च्याम्पियन्स लिग अन्र्तगत गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले ईटालीको नापोलीलाई २–१ ले हराएको छ । यसैगरी अर्को इङ्लिस क्लब लिभरपुलले स्लोभेनियाको एनके मारिबोरलाई ७–० ले पाखा लगायो ।
च्याम्पियन्स लिग फुटबलकै अन्य खेलहरुमा रुसको स्पार्टा मस्कोले स्पेनको सेभियालाई ५–१ ले हराउँदा टर्कीको बेसिक्तासले फ्रान्सको मोनाकोलाई २–१ ले पाखा लगायो ।
यसैगरी जर्मनीको आरबी लेप्जीगले पोर्चुगलको एफसी पोर्टोलाई ३–२ ले हराउँदा युक्रेनको शख्तरले नेदरल्याण्ड्सको फेयनुर्डलाई २–१ ले पराजित गर्यो । जर्मनीको बोरुसिया डर्टमण्डले साईप्रसको अपोईल निकोसियासँग १–१ गोलको बराबरी खेलेको छ ।

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि
५० पटक पढिएको
नेपाल स्कटल्याण्डसँग पराजित
१७७ पटक पढिएको
नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता
३७८ पटक पढिएको
नेपाल युएईसँग भिड्दै
४२९ पटक पढिएको
नेपालको अभ्यास खेल आज
३४७ पटक पढिएको
पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा
३६४ पटक पढिएको