निर्वाचनको मिति नजिकिदै जादा दलहरुको प्रचार पनि तीव्र

निर्वाचनको मिति नजिकिदै जादा दलहरुको प्रचार पनि तीव्र

२७० पटक पढिएको

दलहरुले पहिलो र  दोस्रो चरणको निर्वाचनका लागि दलहरुले प्रचार प्रशार अभियानलाई तिब्र बनाएका छन्  । पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदानका लागि ८ दिनमात्र वाँकी रहदा दलहरुले प्रचार प्रसारलाई व्याापकता दिएका छन् भने बाँकी जिल्लाहरुमा पनि दलहरुको घरदैलो जारी छ ।  

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा नेपाली कांग्रेस, कम्युनिष्ट गठवन्धन, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगाएतका दलहरुले चुनाव प्रचार अभियान तीव्र बनाएका छन् । सतारुढ दल नेपाली कांग्रेसले शीर्ष नेताहरुलाई चुनावी आमसभाका लागि खटाएको छ भने मतदाताको घरदैलोसम्म पुग्ने जिम्मेवारी उम्मेदवारहरुलाई तोकेको केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक वालकृष्ण खाणले जानकारी दिनुभएको छ । यता एमाले माओवादी केन्द्र सम्मिलित कम्यूनिष्ट गठवन्धनले पनि प्रचार अभियानलाई तीव्र बनाएको छ । त्यस्तै राप्रपाले, राप्रपा प्रजातान्त्रिक लगाएतका अन्य दलहरुले समेत चुनावी अभियान तीव्र बनाएका छन् ।