बिपिनको ‘हरि’ ट्रेलरमा यस्तो रूप (ट्रेलर)

बिपिनको ‘हरि’ ट्रेलरमा यस्तो रूप (ट्रेलर)

१२४ पटक पढिएको

अभिनेता बिपिन कार्की अभिनित चलचित्र ‘हरि’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा बिपिनलाई विभिन्न रूपमा देखाइएको छ । ट्रेलरसँगै हरिको प्रदर्शन मिति पनि तय गरिएको छ । सफल केसी र प्रतीक गुरुङको संयुक्त लेखन र निर्देशनमा बनेको हरि आउँदो जेठ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने छ।