संसदले काम पाएन, अधिवेशन अन्त्यको तयारी

संसदले काम पाएन, अधिवेशन अन्त्यको तयारी

३८० पटक पढिएको

संघीय संसदका दुवै सभाको अधिवेशन सुरु भएको एक महिना बित्न लाग्दा पनि सरकारले संसदलाई आवश्यक काम दिन सकेको छैन । सरकारले आवश्यक ५० कानून तत्काल निर्माण गर्नुपर्ने अवस्था रहँदा समेत यसअवधिमा कुनै विधेयक दर्ता भएका छैनन् । बिजनेस दिन नसकेपछि सरकारले संसदको अधिवेशन नै अन्त्य गर्न लागेको नागरिकमा खबर छ ।

गत फागुन २१ गतेबाट सुरु भएको पहिलो अधिवेशनमा सरकारले संघीय संसद् सचिवालयमा दुईवटा अध्यादेश मात्र दर्ता गरेको छ ।

यसमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिला आयोग (पहिलो) संशोधन अध्यादेश र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश छन् । राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी अध्यादेश अझै दर्ता भएको छैन ।