बम आक्रमण लोकतन्त्र विरोधीको हमला : रामचन्द्र पौडेल

बम आक्रमण लोकतन्त्र विरोधीको हमला : रामचन्द्र पौडेल

५१२ पटक पढिएको

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि रहस्यमय तरिकाले बम प्रहार भएको बताउनुभएको छ । तनहुँको दमौलीमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आफुमाथी रहस्मय तरिकाले सांघातिक आक्रमण भएको बताउनुभएको हो । उहाँले बम आक्रमण लोकतन्त्र विरोधीको हमला भएको भन्दै लोकतन्त्रको लडाँई जहिले पनि खतरापूर्ण रहेको बताउनु भयो । खतरा मोलेर भए पनि कांग्रेस लोकतन्त्रको लडाई लडिरहेको नेता पौडेलले बताउनुभयो ।

बम प्रहार र आक्रमणका घटना मुलुकभर नै बढेको भन्दै नेता पौडेलले तत्काल छानविन गरी अपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई कडा भन्दा कडा कारवाही गर्न सरकारसंग माग गर्नुभयो । अपराधिक समुहलाई नियन्त्रणमा ल्याउन नसके संवेदनशील अवस्था आउन सक्ने भन्दै पौडेलले सरकारको ध्यानकार्षण गराउनुभएको छ । शान्ति सुरक्षामा  सजर्कता बढाउन सम्बन्धित निकायलाई  नेता पौडेलले आग्रह गर्नुभयो ।  

तस्वीर सभार : द हिमालयन टाईम्स