न्यौपानेको अध्यक्षतामा बानको  नव २३ सदस्यीय कार्यसमिती चयन

न्यौपानेको अध्यक्षतामा बानको नव २३ सदस्यीय कार्यसमिती चयन

४१७ पटक पढिएको

व्यवसायीक रेडियोहरुको छाता संगठन ब्रोडकाष्टीङ एशोसिएसन अफ नेपाल (बान)को महाधिवेशनले चन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

समितीको वरिष्ठ उपाध्यक्षमा कुमार भट्राइर्, उपाध्यक्षमा उज्वल चौलागाई, महासचिवमा दुर्गा अधिकारी, उपमहासचिवमा गोविन्द राज रोसस्यारा, सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नविन राई निर्वाचित हुनुभएको हो ।
त्यस्तै हरेक प्रदेशमा संयोजक, सहसंयोजक, सहसचिव र कोषाअध्यक्ष गरी ७ सदस्यीय प्रदेश समिती गठन गरिएको छ ।

जसअनुसार प्रदेश नम्बर १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप–संयोजकमा गिरीराज भट्टरार्ई, प्रदेश नम्बर २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपिन ढुंगाना, प्रदेश नम्बर ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन हुनुभएको हो

प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महतारा विजयी हुनुभएको छ । उहाँले १४ मत पाउनुभयो । सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि भने चुनाव भएको थियो ।
कर्णाली प्रदेश मा भने कमिटि चयन हुन सकेन ।