कम्युनिष्ट पार्टीका पाँच नेता पक्राउ

कम्युनिष्ट पार्टीका पाँच नेता पक्राउ

३७२ पटक पढिएको

बैतडीमा विल्पव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका कार्यकर्ताले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । नेकपा कार्यकर्ताहरुलाई पाटन, पुरचौंडी र सित्तडबाट पक्राउ गरिएको हो ।  

चुनावलाई मध्यनजर गरेर जिल्लाभरि सुरक्षा अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । चुनावका लागि जिल्लाभरि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ । यस्तै चुनावलाई मध्यनजर गरेर मंसिर ७ गते राति १२ बजेदेखि सीमा नाका झुलाघाटमा आवतजावत बन्द गरिने जिल्ला प्रहरी कार्यलय बैतडीका प्रमुख प्रहरी नावय उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न नदिइने उहाँले बताउनुभयो ।

यता पाँचथरमा पनि ११ जनालाई पक्राउ गरेको छ । उनीहरु चुनाव विरोधी गतिविधिमा संलग्न रहेको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका  प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । उनीहरुलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जिल्ला संगठन समितिले भने प्रहरीले बिनाकारण आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।