चीनद्वारा नेपाललाई सौर्य उर्जा सहयोग हस्तान्तरण कार्यक्रम

चीनद्वारा नेपाललाई सौर्य उर्जा सहयोग हस्तान्तरण कार्यक्रम

२२० पटक पढिएको

चीनले सहयोगस्वरुप नेपाललाई प्रदान गरेको सौर्य उर्जा सहयोगको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। अप्रिल १० तारिख मंगलबार सिंहदरवारमा भएको हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो अन्त्य नभएर सुरु भएको भन्दै नेपालको विकासमा चीनले गरेको सहयोगप्रति प्रशन्नता व्यक्त गर्नुभयो। उहाँले नेपालको जलविद्युत क्षेत्रमा राम्रो लगानी गरिरहेको उल्लेख गर्दै नेपालकै सबैभन्दा ठूलो सौर्यउर्जा परियोजनाका रुपमा चिनियाँ सहयोग रहेको बताउनुभयो। सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन र नेपालबीचको केनेक्टिभिटी स्थापना भइरहेको र नेपालको विकासमा चिनियाँ सहयोग जारी रहने बताउनुभयो। चिनियाँ सहयोगमा प्राप्त सौर्य उर्जा एक मेघावाट क्षमताको रहेको छ। सिंहदरवारका २१ वटा भवनमा जडान गरिएको यो सौर्य उर्जाले वार्षिक १३ लाख ७० हजार किलोवाट बराबरको विजुली उत्पादन गर्दछ।