Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • वन वेल्ट वान रोड क्षेत्रले समेटेकामुलुकका संचारकर्मीहरुसँग अन्र्तक्रिया आज पनि जारी

    July 05, 2017

    असार २१, २०७४ चीनको क्वाङचौ शहरको आर्थिक, सामाजिक र सांस्कृतिक विशेषताका बारेमा जानकारी दिन बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई क्षेत्रले समेटेका विभिन्न मुलुकका सञ्चारकर्मी सहितको सहभागीतामा सुरु भएको अन्र्तक्रिया कार्यक्रम आज पनि जारी छ । चीनको क्वाङचौ शहरमाहिजो देखि सुरुभएको अन्र्तक्रिया कार्यक्रममा बीआरआई क्षेत्रले समेटेका १२ देशका १७जना सञ्चारकर्मीको सहभागीता छ । कार्यक्रममा बीआरआई लाई प्रतिनिधित्वगर्ने नेपाल, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, थाइल्याण्ड, मंगोलिया, दक्षिण कोरिया लगायत  देशका संचारकर्मीहरुको सहभागिता रहेको अन्र्तक्रियामा सहभागी क्यापीटल एफएमका प्रतिनिधि विमलकुमार थापाले जानकारी दिनुभयो ।


    क्वाङचौ शहरको सांस्कृतिक, प्राकृतिक र पर्यटकीय नगरीका रुपमा विकसित चीनको क्वाङचौ सहरको करिव बाईस सय वर्ष पुरानो परिचय रहेको र सोही महत्वलाई थप प्रकाश पार्न सम्लन तथा अन्र्तक्रिया फलदाई हुने विश्वास गरिएको छ । अन्र्तक्रिया काक्रममा क्वाङचौ शहरमा रहेका सबै सम्पदाको परिचय गराउने तथा त्यसको महत्व बारेमा विश्व समुदायदाई जानकारी दिने मुलउदेश्य राखिएको छ ।यसै क्रममा क्वाङचौमा रहेको ऐतिहासिक पृष्ठभूमि बोकेको नानयुएकिङ संग्रहालयको संचारकर्मीहरुले अवलोकन भ्रमण गरेकाथिए । सहकर्मी बिमलकुमार थापाका अनुसार करिव ५३ हजार  वर्गमिटरमा फैलिएको यो संग्रहालयमा प्राचीनकालीन राजा नानायुएको ऐतिहासिक विशेषताहरु संग्रह गरिएको छ।


    यस्तै क्वाङचौ सहरको आर्थिक, सांस्कृतिक र पर्यटकीय विकासकाबारेमाप्रस्टपार्न उक्त सहरमायहीबर्ष अर्को सम्मेलनको आयोजनागर्ने चिनको योजना रहेको पनिथापाले जानकारी दिनुभयो । अन्र्तक्रिया कार्यक्रममा आयोजका तर्फबाट सञ्चारकर्मीलाई जानकारी दिँदै सम्बन्धीत प्रतिनिधि हरुले यस्तो जानकारी गराएकाहुन् ।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope