मेष (चू चे चो ला ली लु ले लो अ)
प्रशस्त आम्दानी बढ्नेछ । श्रमको उचित मूल्यांकन होला । काममा उत्साह बढ्नेछ । व्यवसायमा थप प्रगति होला । बुधबार र बिहीबार भने आकस्मिक खर्च बढ्ने देखिन्छ । धन हानि र केही नोक्सानी होला । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिन सकिनेछ । सप्ताहान्तमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । विशेष भेटघाटले मनमा प्रसन्नता थपिएला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
नयाँ काम गर्ने समय आएको छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी होला । मानसम्मान बढ्नेछ । व्यावसायिक भ्रमण सम्भावना छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । शुक्रबारदेखि भने खर्च बढ्ने, काम रोकिने र चिन्ताले सताउने समय छ, धैर्य गर्नुहोला । बाहिरी यात्रा भने लाभदायक र उत्साहवद्र्धक रहनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
धार्मिक, सामाजिक र सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । स्वार्थजन्य काममा लाग्नाले हानि हुने सम्भावना छ । आइतबारदेखि नयाँ काम र जिम्मेवारी पाइनेछ । राजनीतिक प्रभाव बढ्नेछ । नोकरीमा पनि उन्नति होला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । विद्यामा प्रगति हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै यात्रा गर्ने मौका मिल्नेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सुरुमा कामको बोझ थपिनेछ । आर्थिक अभावले सताउला । घरायसी समस्या पनि आउलान् । कमजोर अनुभूति हुनेछ । अरूका काममा बढी समय जानेछ । श्रम गरेअनुसार कम मात्र प्रतिफल पाइएला । बुधबारदेखि स्थितिमा सुधार आउला । नयाँ जिम्मेवारी पाइनेछ । मान–सम्मान बढ्ने र प्रशंसा पाइने समय छ । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला ।
सिंह (ही हु हे हो डा डि डु डे डो)
सुरुको समय रमाइलो रहनेछ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ । आम्दानी पनि बढ्नेछ । बुधबार र बिहीबार भने अलि प्रतिकूल रहलान् । चोटपटक लाग्न सक्छ । घरेलु समस्याले सताउनेछ । अरूका काममा बढी समय बित्नेछ । साताको अन्त्यमा परोपकारका काममा धन र समय खर्च गरिनेछ । प्रतिष्ठित काम गर्ने मौका आउला । आम्दानी पनि बढ्नेछ ।
कन्या (ही हु हे हो डा डि डु डे डो)
प्रशस्त धन लाभ हुनेछ । अधुरा काम बन्ने समय छ । शत्रुपक्ष विस्थापित होलान् । चुनौतीपूर्ण काम पनि सजिलै पार लाग्नेछन् । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । शुक्रबारदेखि काममा झमेला र विवादको योग छ । अस्वस्थता र चोटपटकको पनि योग छ, सचेत रहनुहोस् ।
तुला (ही हु हे हो डा डि डु डे डो)
सुरुमा अप्रिय समाचारले खिन्न तुल्याउन सक्छ । स्वास्थ्य कमजोर बन्ने र पढाइलेखाइमा पनि बाधा हुने समय छ । बुधबारदेखि स्थितिमा सुधार आउला । शत्रुबाधा समाप्त होला । चुनौतीहरूलाई पन्छाउन सकिनेछ । नयाँ काम थालनी गर्ने समय छ । व्यापार–व्यवसायमा फाइदा होला । प्रेम र मित्रताको गाँठो कसिएला । व्यवसायमूलक भ्रमण होला । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रशस्त धन लाभ हुनेछ ।
वृश्चिक (ही हु हे हो डा डि डु डे डो)
सुरुमा काम अवरुद्ध बन्नेछन् । विशेष योजना गोप्य राख्नु नै बुद्धिमानी हुनेछ । आफन्तजनसँग असमझदारी बढ्ला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सयम छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापमा पनि बाधा आउने देखिन्छ । गुरुजनको रायसुझाव शिरोपर गर्नाले फाइदा होला । बिहीबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । चुनौतीहरू पनि पार लाग्नेछन् र लाभ हुनेछ ।
धनु (ही हु हे हो डा डि डु डे डो)
सुरुमा प्रशस्त धन आर्जन गर्ने मौका छ । काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । बुधबारपछि निर्णय गलत ठाउमा पर्नाले फाइदा अर्कैका हातमा जानेछ । परिवारजनसँग असमझदारी बढ्ने सम्भावना छ । आफन्तजन समेत टाढिनेछन् र अन्यायमा परिनेछ । साताको अन्त्यमा कर्मयोगका बाटाहरू खुल्नेछन् । पढाइलेखाइमा उन्नति हुनेछ । व्यवसायबाट प्रशस्त लाभ होला ।
मकर (ही हु हे हो डा डि डु डे डो)
आर्थिक क्रियाकलापमा रुचि बढ्नेछ । वैचारिक क्षमता बढ्नेछ । तर, बोलीको प्रभावले विवाद हुन सक्छ, सावधानी अपनाउनुपर्ला । आँटेका काम भने सजिलै सम्पादन हुनेछन् । सहयोगीहरूले साथ दिनेछन् र काममा थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् र प्रशस्त धन लाभ हुनेछ । बुधबारपछि अरूको भरपर्दा हानि हुने देखिन्छ । विश्वासपात्रबाट धोका पाइनेछ । न्यायबाट वञ्चित भइनेछ, सचेत रहनुहोला ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
समय रमाइलो रहनेछ । प्रियजनसँगको भेटघाटले प्रसन्नता मिल्ला । मनपर्ने विविध वस्तु, वस्त्र, अलंकार लाभ हुनेछन् । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । बुधबार र बिहीबार भने बोली–व्यवहारमा सजगता अपनाउनुपर्नेछ । मान र धन हानि हानि हुने सम्भावना छ । पछिल्लो समय अनुकूल रहला । सहयोगीहरूको साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । आफ्नै पराक्रमले आम्दानी बढ्नेछ ।
मीन (ही हु हे हो डा डि डु डे डो)
काममा बाधा र खर्चको मात्रा बढ्ने समय छ । तापनि स्थानान्तरण र टाढाको यात्रा सम्भावित देखिन्छ । बुधबारदेखि आफन्तजनको सहयोग पाइएला । भेटघाटले मनमा प्रसन्नता थपिएला । नयाँ वस्त्र, अलंकार उपभोग गर्ने अवसर छ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान बढ्नेछ । सप्ताहान्तमा भने मानहानि सम्भावना छ, बोली–व्यवहारमा सावधानी अपनाउनुपर्ला ।