Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • एयरबस ३३० एभिएसन म्युजियम स्थापनाको काम अन्तिम चरणमा

    March 11, 2017
    काठमाडाैं, २८ फागुन । क्याप्टेन वेद उप्रेतीले स्थापना गरेका एयरबस ३३० एभिएसन म्युजियम स्थापनाको काम अब अन्तिम अवस्थामा पुगेको छ ।
    करिब आठ महिना मात्रै उडेको अत्याधुनिक एयरबस ३३० विमानभित्र काठमाडौंको सिनामंगलमा नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा एभिएसन म्युजियम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी शनिबार म्युजियममा आयोजित पत्रकार सम्मेलनमा गराइएको हो ।
    केही निर्माण कार्य पूरा भएपछि आगामी जुलाई महिनाबाट संग्रहालय पूर्ण रूपमा संचालनमा ल्याइने जानकारी क्याप्टेन वेद उप्रेतीले दिए ।
    फ्रान्समा मुख्य कार्यालय रहेको ठूला विमान उत्पादन गर्ने एयरबस कम्पनीले उत्पादन गरेको यो विमान दुई वर्षअघि (०७१ फागुन २० गते) बिहान काठमाडौंमा अवतरण गर्नै लाग्दा धावनमार्गछेउमै ‘दुर्घटना’ मा परेको थियो । टर्किस एयरलाइन्सले यो विमान गत कार्तिकमा ट्रष्टका कार्यकारी प्रमुख क्याप्टेन उप्रेतीले खरिद गरेका हुन् ।
    एउटा सर्वेक्षणका अनुसार संसारभर अर्को एक दशकभित्र ४ लाख ८० हजार नयाँ हवाई टेक्निसियन र ३ लाख ५० हजारभन्दा बढी पाइलट आवश्यक पर्ने छन् । कतिपय मुलुकमा अहिले पनि दक्ष÷वरिष्ठ पाइलटहरुको अभाव देखिन्छ । नेपालमा समेत प्रशिक्षक पाइलट, क्याप्टेनको निकै अभाव छ । यस्तो स्थितिमा संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटहरुको उत्पादन बढाउन उड्डयन व्यवसायीहरुको अर्काे पिढी (नेक्स्ट जेनेरेशन अफ एभिएसन प्रोफेसनल) कार्यक्रम संचालन गरेको छ ।
    यसै सिलसिलामा नेपालको नागरिक उड्डयन प्राधिकरणले माध्यामिक र उच्च माध्यामिक तहका विद्यार्थीहरुका लागि उड्डयन क्षेत्रतर्फ आकर्षित गर्न कैयौं कार्यक्रमहरु संचालन गर्न गइरहेका बेला वेद उप्रेती ट्रष्टले डिजेवल एयरबस ३३० खरिद गरेर एभिएसन म्युजियम बनाउने योजना ल्याएको हो । यसै अवधारणामा रहेर ट्रष्ट र प्राधिरकणले एभिएसन म्युजियम खोल्ने जमर्को गरेको जानकारी क्याप्टेन उप्रेतीले दिए ।
    विद्यार्थी लगायत युवा पुस्तालाई नागरिक उड्डउनतर्फ प्रोत्साहन, प्रेरणा दिलाउने उद्देश्य म्युजियमको भएको उप्रेतीले बताए । म्युजियमले चुनौतीपूर्ण मानिने यस पेशामा आकर्षित गर्ने विश्वास उनको छ । यसै अवधरणामा रहेर माध्यामिक र उच्च माविका विद्यार्थीहरूलाई निःशुल्क प्रवेश र अन्य तहका विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने भएको छ ।
    सबै उमेर समूहका आगन्तुकहरुलाई नागरिक उड्डयन सम्बन्धी चाखलाग्दा इतिहास, वर्तमान र भविष्यमा हुन सक्ने विकासबारे जानकारी गराउने उद्देश्य म्युजियमले राखेको छ । काठमाडौं केन्द्रविन्दुमा विमानसम्वन्धी संसारकै महंगो र आधुनिक प्रविधिबाट बनेको विमानभित्र म्युजियम स्थापना गरेर एउटा आकर्षक र मनोरञ्जनात्मक पर्यटकीय स्थलको निर्माण गर्नु पनि आफ्नो उद्देश्य रहेको उनले बताए ।
    टर्कीबाट आएका प्राविधिकसहित केही नेपाली प्राविधिकले खोलेर १० टुक्रामा विभाजन गरेका विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अघिल्लो महिना राती १२ बजेदेखि ३ बजेको समयमा सिनामंगलमा ल्याइपु¥याइएको थियो । अबको तीन महिनाभित्र विमान वरिपरि बगैंचा निर्माण र सजावट गरिने छ । विमानभित्र फोटो ग्यालरी राखिने छ । त्यहाँ ३ सयभन्दा बढी विमानका मोडल प्रदर्शनमा राखिने छन् । यो एभिएसन म्युजियमको तयारीबारे डकुमेन्ट्री प्रर्दशनी गरिने भएको छ । ककपिट तयार पारिने छ ।
    वेद उप्रेती ट्रष्टले साढे २ वर्षअघि सुदूरपश्चिमको धनगढीमा पहिलोपटक एयरक्राफ्ट म्युजियम संचालनमा ल्याएको थियो । यो संस्था गैरनाफामुलक संस्था हो । यसले त्यस भेगका क्यान्सर बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । काठमाडौंको म्युजियमबाट प्राप्त हुने रकम पनि यही ट्रष्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीको सहयोगमा खर्च गरिने जानकारी क्याप्टेन उप्रेतीले दिए । यो ट्रष्टमा क्याप्टेन उप्रेतीले विदेशमा आर्जन गरेको ४ करोड रुपैयाँ र एभरेष्ट बैंकको २ करोड कर्जा लगानी गरेका छन् । यसमा सरकार र कुनै पनि गैरसरकारी निकायको आर्थिक सहयोग नरहेको उनले बताए ।
    संग्रहालयमा राइट ब्रदरका पालादेखि हालसम्म विकास भएका विमानहरुका मोडल राखिने छन् । यहाँभित्र आकाशबाट खिचिएका तस्वीरहरुको ग्यालरी रहनेछ । क्यान्भास, सुन्दर एरियल फोटोहरु पनि रहनेछन् । म्युजियमभित्र जेट ककपिट अवलोकन गर्नुका साथै क्याप्टेनको सिटमा बसेर सेल्फी खिच्न सकिने छ ।
    यसै गरी ककपिटमा पाइलट र टावरका एटीसीबीच हुने संवाद सुन्न सकिने छ । विमानभित्र ६० इन्चको स्क्रिनमा १० मिनेट लामो उड्डयन सम्वन्धी डकुमेन्ट्री देखाइने छ । त्यस्तै थुप्रै साना स्क्रिनहरुमा उड्डयन सम्वन्धी ऐतिहासिक र शैक्षिक जानकारी दिइने छ । म्युजियम बाहिर हेलिकप्टर र राइट ब्रदरले बनाएको विमानका मोडलसमेत राखिने छ । म्युजियमभित्र एउटा कक्षमा नेपालमा विमान उडाउने पाइलटहरुलाई क्रु–रिसोर्स मेनेजमेन्ट तालिम दिइने छ ।
    अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको प्रसिद्ध भनाइ 'ask not what your country can do for you ask what you can do for your country' उद्धरण गर्दै क्याप्टेन उप्रेतीले भने– ‘नेपालीहरु चाहे स्वदेशमा रहेका हुन् वा विदेशमा, राष्ट्रलाई केही दिउँ भन्ने भावना जागृत भयो भने मुलुक सभ्य, सुसंस्कृत र सम्पन्न हुन लामो समय लाग्दैन । यो म्युजियम पनि यस्तै सोचमा आधारित भएर स्थापना गरिएको हो । यो अझै पूर्ण भइसकेको छैन । यसको पूर्णताका लागि र विदेशका उत्कृष्ट एभियसन म्युजियमको हाराहारी पु¥याउन तपाईंहरू सबैको सहयोग अपरिहार्य रहेको छ । प्राधिकरण र ट्रष्टको मात्रै नभई हामी आम नेपालीहरुले यसमा अपनत्व महसुस गरुन् भन्ने चाहन्छौं । ट्रष्टका तर्फबाट विश्वभर छरिएर रहेका नेपालीहरुलाई ती मुलुकमा बनेका विमानहरुको मोडल पठाइदिन विशेष अनुरोध गर्दछौं । यसमा राइट ब्रदरका पालादेखि अहिलेसम्म बनेका र चलेका विमानको मोडल पठाइदिनु भयो भने धेरै धेरै आभारी हुने छौं ।’
    उनले मोडल विमानहरुको साइज १ः१००÷१ः२०० सम्मको हुनुपर्ने जानकारी पनि दिए । दाताबाट प्राप्त मोडल विमानमा उनीहरुकै वा उनीहरुले इच्छ्याएको व्यक्तिको नाम रहने उनले स्पष्ट पारे ।
    कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री जविनबहादुर शाहीले क्याप्टेन उप्रेतीको यस किसिमको साहसी कामको प्रशंसा गरे । उनले यस म्युजियम नेपालकै गौरव भएकोले सबै नेपालीले अपनत्व महसुस गर्दै सहयोग गर्नुपर्ने बताए ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणसँगको सहकार्य भनिए पनि सरकारी तहबाट संग्रहालयलाई कुनै सहयोग नगरेको बरु वेद उप्रेती ट्रष्टले सरकारलाई सहयोग गरेको जानकारी दिए ।
     
    कार्यक्रममा विमानस्थलबाट विमानलाई टुक्रा पारेर सिनामंगलस्थित संग्रहालय निर्माणस्थलसम्म ल्याउन सहयोग गर्ने टर्किस प्राविधिकहरूलाई सम्मान गरिएको थियो ।
     
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope