Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • नयाँ चरणको वार्तामा नबस्ने सिरियाली विद्रोहीको अडान

    March 13, 2017

    बेरुत (लेबनान), ३० फागुन । सरकारद्वारा बाचा गरिएअनुसार रक्तपातपूर्ण युद्धको अन्त्यका लागि गरिएका केही प्रतिवद्धता पूरा नभएको जनाउदै सिरियाली विद्रोही समूहले आफू काजकिस्तानको राजधानीमा मङ्गलबार हुने भनिएको तेस्रो चरणको वार्तामा अनुपस्थित हुने जनाएको छ । 
    सिरियाली प्रतिपक्षी (विद्रोही) को प्रतिनिधिमण्डलका प्रवक्ताले सोमबार एएफपीसँगको कुराकानीमा रसिया र टर्कीको पहलमा भएको सिरिया शान्ति वार्ता प्रक्रियामा पहलकर्ताले सिरियाली प्रशासनलाई जिम्मेवार भई आउन लगाउने गरी गरेको प्रतिबद्धता पूरा नभएको भन्दै वार्तामा आफ्नो समूह सहभागी नहुने बताउनुभयो । 
    सिरिया युद्धमा सरकार निकट रसिया र विद्रोही निकट टर्कीले गरेको पहलअनुसार पहिलो र दोस्रो चरणको वार्ता काजकिस्तानको राजधानी अस्तानामा भएका थिए । 
    सन् २०१६ को डिसेम्बरमा भएको मस्को र इस्तानबुलको पहलअनुसार जनवरी र फेब्रुअरीमा दुई चरणका वार्ता भए पनि दुई समूहबीच धेरै मुद्दामा समझदारी बन्न बाँकी रहेको विद्रोहीको भनाई छ । 
    युद्धबिरामको भावनाअनुरुप वार्ता प्रक्रिया अघि नबढेकाले हामीले अस्तानामा हुने नयाँ चरणको वार्तामा उपस्थित नहुने निर्णय लिएका छौँ, अङ्कारानिकट सुलतान मुरद विद्रोही समूहका अहमद ओथम्यानले बताउनुभयो । 
    सरकार र सरकार समर्थक मिलिसिया (लडाकू) ले युद्धबिरामपछि पनि विस्फोट गराउने, स्थानीयलाई विस्थापित गराउने विद्रोही समर्थकलाई घेराबन्दी गर्ने कार्यलाई जारी राखिरहेको ओथम्यानले एएफपीसँग बताउनुभयो । 
    हामी (विद्रोही) समूहले नयाँ वार्तामा सहभागी नहुने कुरा वार्ताका पहलकर्ता समक्ष जानकारी गराइसकेको उहाँको दाबी छ । 
    सिरियाली अल वाटन दैनिकका अनुसार नयाँ चरणको वार्ताका लागि सरकारी टोली सोमबार अस्ताना गएको छ । 
    सरकारी टोलीको नेतृत्व संयुक्त राष्ट्रसङ्घको उपस्थितिमा जेनेभामा भएको वार्तामा नेतृत्व लिनुभएका बसार अल जफारीले नै गर्नुहुनेछ । एएफपी

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope