Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • भीमनिधि तिवारी पुरस्कार शर्मा र पाण्डेलाई

    March 13, 2017

    काठमाडौँ, ३० फागुन । वरिष्ठ साहित्यकार भीमनिधि तिवारीको १०६ औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई ‘भीमनिधि तिवारी साहित्य पुरस्कार’ तथा रुद्रराज पाण्डेलाई ‘भीमनिधि तिवारी नाट्य पुरस्कार’ प्रदान गरिएको छ । 
    पुरस्कारको राशि रु २५–२५ हजार छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा समालोचक नेत्र एटम, साहित्यकार काजी रोशन र स्याङ्जा साहित्य प्रतिष्ठानलाई पनि सम्मान गरिएको छ । 
    सो अवसरमा वरिष्ठ आख्यानकार मदनमणि दीक्षितले नेपाली साहित्यका सबै विधामा तिवारीको महत्वपूर्ण योगदान रहेकोे बताउनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले दिवङ्गत वरिष्ठ साहित्यकारको जन्मजयन्तीलाई विशेष महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउँदै आएको जानकारी दिनुभयो । 
    तिवारीकी सुपुत्री साहित्यकार बेञ्जु शर्माले तिवारीका ५० कृति प्रकाशन भइसकेको जानकारी दिँदै केही पाण्डुलिपिलाई आगामी दिनमा प्रकाशन गरिने जानकारी दिनुभयो । भीमनिधि तिवारी साहित्य समितिका अध्यक्ष डा गोविन्द भट्टराईले सामाजिक यथार्थवादी लेखक तिवारीका बारेमा थप खोज अनुसन्धानको खाँचो औँल्याउनुभयो । प्राज्ञ तुलसी भट्टराई र साहित्यकार दुर्गाप्रसाद अर्यालले पुरस्कृतका बारेमा जानकारी गराउनुभएको थियो ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope