Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • काठमाडौंमा बृहत् चिनियाँ शैक्षिक प्रदर्शनी हुने

    March 15, 2017
    अरनिको समाजले काठमाडौंमा बृहत् शैक्षिक प्रदर्शनी गर्ने भएको छ । आउँदो शनिवार ललितपुरको पुल्चोकस्थित मदन स्मारक उच्च मा.वि.मा सो प्रदर्शनीको आयोजना गर्न लागिएको अरनिको समाजका प्रथम उपाध्यक्ष डा.मनोजमान श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार चीनको स्छुवान प्रान्तका १८ वटा विश्व विद्यालय र महाविद्यालयको सहभागीतामा सो प्रदर्शनीको आयोजना हुन लागेको हो । 
    उक्त शैक्षिक प्रदर्शनीमा विभिन्न विषयहरुमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका एक सय भन्दा बढी छात्रबृत्तिका लागि आवेदन गर्न सकिने भएकोले सो अवसरको फाइदा उठाउन समेत प्रथम उपाध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुने सो शैक्षिक प्रदर्शनी ४ वर्ष यताकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने दाबी आयोजकको छ । 
    चीनमा सन् १९७९ मा आधुनिक चीनका डिजायनर तङ स्याओफिङको उदय पश्चात चीनले शिक्षा, अर्थतन्त्र, सञ्चार, कृषि लगायतका क्षेत्रमा उच्च प्रगति गर्दै आएको छ । चीनको दु्रत विकाससँगै पश्चिमा राष्ट्रका विद्यार्थीहरुको लागि चीन आकर्षक शैक्षिक गन्तव्य बनेको छ । हाल लगभग २० हजार नेपाली विद्यार्थीहरु चीनका विभिन्न विश्वविद्यालयहरुमा कृषि, चिकित्सा विज्ञान, सञ्चार, पत्रकारिता, इन्जिनियरिङ, चिनियाँ भाषा जस्ता विषयहरुमा अध्ययनरत छन् । 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope