Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • अवैध बसेका नेपालीलाई आममाफी प्रक्रियामा सहभागी हुन आग्रह

    March 30, 2017

    काठमाडौँ, १७ चैत । अवैध रुपमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई साउदी अरब सरकारको आममाफीको घोषणाबाट लाभ पाउने नेपालीका लागि नेपाल सरकारले सहजीकरण गर्ने भएको छ । 


    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले साउदी सरकारले आफ्नो देश फर्कन पाउने गरी घोषणा गरेको आममाफीमा सहभागी हुन अवैध रुपमा त्यहाँ बसेका नेपालीलाई आग्रह गर्नुभयो । पत्रकारसँगको छलफलमा उहाँले बढीभन्दा बढी नेपाली कामदारलाई सहजीकरण गर्न सरकारले तुुरुन्तै सो देशमा घुुम्ती शिविर चलाउने तयारी गरेको जानकारी दिनुभयो । 

    आममाफीमा सहभागिताबारे हेलो सरकार, फोन, इमेल, ट्विटर, फेसबुुक प्रयोग गरेर समेत सहजीकरणका प्रयास भइरहेको बताइएको छ । यही चैत १६ गतेदेखि ९० दिनसम्मका लागि आममाफीको अवधि तोकिएको छ । 

    साउदी अरबमा हालसम्म वैदेशिक रोजगार विभागबाट १० लाख श्रम स्वीकृति लिएर रोजगारीमा गएकामा अहिले पाँच लाख त्यहाँ कार्यरत रहेको बताइन्छ । तीमध्ये कम्तीमा एक लाख आममाफीबाट लाभान्वित हुने अपेक्षा प्रधानमन्त्री कार्यालयले लिएको छ । 

    कम्पनीले राहदानी खोसेका, आफूसँग नभएका श्रम स्वीकृतिको अवधिभन्दा बढी बसेका, कम्पनी छोडेर भागेका र लुुकेर बसेकालाई समेत आममाफीले समेट्छ । साउदी सरकारको कानुुनबमोजिम गम्भीर प्रकृतिका अपराध गरेका वा प्रवेशाज्ञा वा करारसँग सम्बन्धित विषयभन्दा बाहिर गएका विषय भने आममाफीले समेट्ने छैन । 

    साउदी सरकारले तोकेको अवधिभित्र आममाफीको फाइदा नलिएमा त्यहाँको सरकारबाट कम्तीमा १५ हजारदेखि एक लाख रियाल अर्थात् कम्तीमा रु चार लाख २० हजार देखि २८ लाखसम्म जरिवाना तिर्नुुपर्छ । कामदार आममाफीभित्र पर्ने विषयको सुुनुुवाइ गर्न साउदी अरबको राहदानी विभागमा जानुुपर्छ । 

    आममाफीभित्र पर्ने नागरिकले साउदी सरकारले तोकेको कार्यालय अथवा स्थानसम्म गएर सेवा लिन नसक्ने अवस्था भए नेपाली राजदूतावास र महावाणिज्य दूतावासबाट सहयोग लिन सक्ने व्यवस्था मिलाइएको सल्लाहकार डा अधिकारीले जानकारी दिनुभयो । रासस 

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope