Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • समुदायको विकासका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य

    April 08, 2017
    मिलन सामुदायिक विकास समूह धापासीको सातौं वार्षिकोत्सव
    काठमाडौं, २६ चैच । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन सफल पारिएमा मात्र गणतान्त्रिक संविधान कार्यान्वयन हुने नागरिक समुदायका अगुवा तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले बताएका छन् । मिलन सामुदायिक विकास समूह धापासीको सातौं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा वक्ताहरूले यस्तो विचार राखेका हुन् ।
    कार्यक्रममा मन्तव्य राख्दै सभासद् भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचन एक वा दुई चरण जुनसुकै किसिमले गरिए पनि यो सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले निर्वाचनमा उत्साहसाथ सहभागी हुन नागरिकहरूलाई आह्वान पनि गर्नुभयो ।
    सभासद्हरू कौशर शाह, पेम्बा लामा, मीरा ध्वोजु, जनकराज जोशी तथा कमला शर्माले पनि स्थानीय तहको निर्वाचनबाट को नेतृत्वमा आउँछ त्यो गौण कुरा हो तर संविधान कार्यान्वयनमा आउने र जनताले सबै सेवा घरदैलोबाट पाउने भएकाले सबै मिलेर सफल पार्नुपर्ने आवश्यकता ‌औंल्याउनुभयो ।
    समूहका अध्यक्ष बुध्दलाल श्रेष्ठले मिलन सामुदायिक विकास समूहले केवल टोलको विकास-निर्माणका लागि मात्र ध्यान नदिई मुलुककै विकास निर्माण र सुशासनमा चासो दिने गरेकोले स्थानीय तहको निर्वाचन सफल पार्नका लागि टोलवासीका तर्फबाट सहयोग पुर्‍याउने वाचा गर्नुभयो ।
    कार्यक्रममा न्यायाधीश उमेश कोइराला, नेपाली कांग्रेस टोखा नगर समितिका सभापति बसन्त श्रेष्ठ, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष प्रकाश अधिकारी, नेकपा माओवादी केन्द्रका नगर संयोजक कल्पना शर्माले चुनाव केन्द्रित मन्तव्य राख्नुभएको थियो । साथै अम्बिका कोइराला, अन्जना रावल, सीतारामा लामिछाने, इन्द्रराज पाण्डे, कमला कोइराला, गायत्री श्रेष्ठ, आदर्शजंग बस्नेत, तोयाकुमारी भट्टराई, विनिता भण्डारी, लीला भुजेल, नृपेन्द्रलाल मास्के, बद्रीनाथ कोइराला, रामप्रसाद गुरागाईं तथा सुवोधचन्द्र श्रेष्ठले समूहका विविध गतिविधबारे बोल्नुभएको थियो ।
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope