Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • खाती, श्रेष्ठ र रिजाललाई नइ पुरस्कार

    April 08, 2017

    काठमाडौं, २६ चैच । नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने रुपन्देहीका अजम्बरध्वज खातीलाई पचास हजार रूपियाँ राशि सहित 'नइ धनरुप पुरस्कार' प्रदान गर्ने निर्णय गरेको छ ।
    छ दशकअघिदेखि नेपाली भाषासाहित्यमा निरन्तर समर्पित भई एक दर्जन
    सृजनात्मक कृतिको लेखन र प्रकाशन गर्दै साहित्यिक सङ्गठनका लागि समेत
    उत्सर्गिक ८२ वर्षीय खातीलाई 'नइ धनरुप पुरस्कार' समर्पण गर्ने निर्णय
    गरिएको हो ।
    त्यसै गरी उपत्यका बाहिर बसेर सृजनात्मक र सङ्गठनात्मक रुपमा नेपाली
    भाषासाहित्यको सेवामा निरन्तर समर्पित रहँदै पुर्‍याएको योगदानका
    निम्ति चितवनका साहित्यकारद्वय गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा 'नइ बुलु शर्मा पुरस्कार' प्रदान गर्ने निर्णय गरिएको छ । यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहेको छ ।
    नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ
    प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
    शताब्दी पुरुष सत्यमोहन जोशीको ९८ औं शुभजन्मोत्सवका अवसरमा आगामी
    वैशाख २९ गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने  सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनुभएको छ ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope