Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • शुभयात्रा मोबाइल एप्लिकेसनको नयाँ भर्सन सार्वजनिक

    April 28, 2017

    के तपाईँ विदेश जाने सोचिरहनुभएको छ तर जान्कारीहरू कहाँबाट लिने भन्ने थाहा पाउनुभएको छैन?

    के तपाईँको परिवारको सदस्य तथा साथीहरू विदेशमा छन् र उनीहरूलाई कुनै पनि तरिकाले सहयोग गर्न चाहानुहुन्छ ?

    अथवा तपाईँ विदेशमै हुनुहुन्छ र नेपाल फर्किएर केही गर्न चाहानुहुन्छ ?

    यदि त्यस्तो हो भने वैदेशिक रोजगारमा जाने सोच भएका¸ विदेशमा रहेका तथा नेपाल फर्किन चाहाने सबै नेपालीहरूलाई सुरक्षित वैदेशिक रोजगार प्रक्रिया र त्यसका लागि चाहिने वित्तीय जानकारी दिने शुभयात्रा मोबाइल एप्लिकेसन तपाईँको लागि सहयोगी हुनसक्छ । यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org  मा लगईन गरेर हेर्न सकिन्छ ।

    २०१६मा बेटा भर्सन लञ्च गरी अब भर्सन १.० आज लञ्च गरिएको यो एप्लिकेसनलाई चलाउन झनै सजिलो बनाइएको छ । यसमा वैदेशिक रोजगार सँग सम्बन्धित समाचार¸ वित्तीय जानकारी¸ अडियो/पोडकास्ट तथा भिडयो¸ पुर्याउनुपर्ने विभिन्न प्रक्रियाहरूबारे सबै जानकारीहरू राखिएको छ । धेरै नेपाली जाने पाँच देशहरू मलेसिया¸ कतार¸ साउदी अरेबिया¸ युएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरुलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने¸ विदेश जानको लागि कागजपत्रहरु बनाइरहेकाहरुलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने¸ तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ । यतिमात्र नभई ठगी लगायत विभिन्न जोखिमबाट बच्ने तथा यदि ठगीमा परिएमा उजुरी कसरी गर्ने भन्ने बारेमा पनि यसमा जानकारीहरू राखिएका छन् ।

    विभिन्न प्रयोगकर्ताहरुलाई सहभागी गराएर गरिएको युजर टेस्टिङलाई आधार मानी पुरानो भर्सनमा सुधारहरू गरेर यो एप्लिकेसन सार्वजनिक गरिएको हो ।

    के-के विशेषताहरू रहेका छन्:

    •    वेब भर्सन सार्वजनिक – अब एप्लिकेसन डाउनलोड नगरी कम्प्युटर तथा मोबाइलबाट पनि सामाग्रीहरू खोल्न र हेर्न सकिने

    •    वैदेशिक रोजगारीका विभिन्न चरणहरू तथा कामदार भएको देशको आधारमा सोधिने प्रश्नहरूको उत्तर दिए पनि त्यही अनुसारका लेखहरू पढ्न सकिने

    •    नेपालका २८ जिल्लामा भएका १५ वटा रेडियो स्टेसनहरू एपबाटै सुन्न सकिने

    •    वैदेशिक रोजगारको लागि जाने सोचमा भएका, जानु भएका तथा उनका परिवारका लागि व्यावहारिक वित्तीय जानकारी, सल्लाह र उपकरणहरू उपलब्ध

    •    वैदेशिक रोजगार प्रक्रियासँग सम्बन्धित विभिन्न समाचारहरू पढ्न पाइने

    •    वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि चाहिने कागजपत्र¸ लाग्ने खर्च¸ आवेदन प्रक्रियाका चरणहरू¸ विदेशमा भएका ठाँउहरूको बारेमा जानकारी र अन्य खाले विभिन्न जानकारीहरू समावेश भएको

    •    विदेश जाने सोचेदेखि नेपाल फर्किँदा सम्म आवश्यक पर्ने विभिन्न चरणहरुमा सेवा दिने वा लिने ठाँउहरू जस्तै सूचना केन्द्रहरू¸ म्यानपावर एजेन्सीहरू¸ राजदूतावासहरू¸ अभर पर्दा सहयोग गर्ने संघसंस्थाहरू आदिबारे जानकारी दिने सेवा निर्देशिकाहरू भएको

    •    विदेशमा रहनु भएका वा फर्कनु भएका कामदारले नै तयार पार्नु भएका लेख, कविता, रचनाहरू प्रकाशित हुने

    •    स्मार्ट सर्च फङ्सन (खोज्ने सुविधामार्फत) एपमा भएका सबै लेख तथा सामाग्रीहरू खोज्न सकिने 

    कसरी डाउनलोड गर्ने ?

    डाउनलोड गर्नको लागि गुगल प्लेमा गएर Shuvayatra टाइप गर्ने अथवा वेबमा गएर www.shuvayatra.org  मा क्लिक गर्न सकिनेछ । फेसबुक पेजमा जानको लागि www.facebook.com/shuvaGo  मा जान सकिन्छ।

    शुभयात्रा मोबाइल एप विदेशमा रहेका नेपालीहरूको सहयोगमा द एसिया फाउन्डेसनले बनाएको एप्लिकेसन हो जसलाई हाम्रो पात्रो¸ सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमीले संयुक्त सहकार्य रहेको छ ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope