Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • निर्देशक पाठक कोलोराडोमा सम्मानित

    May 14, 2017
    डेन्भर, कोलोराडो, अमेरिका, मे १३, २०१७ । क्यापिटल एफएमका निर्देशक व्याकुल पाठक अमेरिकाको कोलोराडोमा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपालबाट निम्त्याइएका वरिष्ठ साहित्यकार तथा पत्रकार पाठकलाई उहाँको साहित्य र पत्रकारितामा दुई दशकभन्दा लामो क्रियाशीलताको कदर गर्दै विशेष सम्मान प्रदान गर्नुभयो । 
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले निर्देशक पाठक सहित साहित्य, पत्रकारिता र संगीतमा क्रियाशील अन्य तीन स्रष्टालाई पनि यहाँ आयोजित विशेष समारोहमा सम्मान गरेको छ । 
    कार्यक्रममा कोलोराडोलाई कर्मथलो बनाएर बसिरहेका वरिष्ठ गायिका निर्मला श्रेष्ठ, वरिष्ठ साहित्यकार प्रमिला शर्मा र पत्रकार नातिबाबु भट्ट हुनुहुन्छ । 
    सम्मानित स्रष्टाबारे फरक फरक समीक्षकले प्रकाश पारेका थिए । पाठकबारे ज्ञानेन्द्र गदाल, श्रेष्ठबारे गौतमसागर राई, शर्माबारे यशोदा भट्ट र भट्टबारे भूपेन्द्र महतले बोल्नुभएको थियो । 
    अनेसासका केन्द्रीय अध्यक्ष विश्वकर्माले कोलोराडो शाखाले साहित्य, पत्रकारिता, संगीत क्षेत्रका सक्रिय र उत्कृष्ट स्रष्टाको पहिचान र छनौट गरी सम्मान गरेकोमा खुसी व्यक्त गर्नभयो । उहाँले कोलोरोडो शाखाको सक्रियताको प्रशंसा पनि गर्नुभयो । 
    अनेसास कोलोराडो शाखाका अध्यक्ष कृष्णमुरारी ढुंगेलले विदेशमा रहेर नेपाली साहित्य, कला, संस्कृतिको जगेर्ना, प्रवद्र्धन र प्रचारको कामलाई निरन्तरता दिने र उत्कृष्ट स्रष्टाको पहिचान गरी पुरस्कार एवं सम्मान दिने काम पनि जारी राख्ने बताउनुभयो । अनेसास कोलोराडो शाखाका वरिष्ठ सदस्य श्याम श्रेष्ठले आमन्त्रितहरूलाई श्वागत गर्दै व्यस्तताका बीच समय निकालेर ठूलो संख्यामा उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्नुभयो । शाखाकी सदस्य धन पौडेलले कामको जति व्यस्तता भए पनि नेपाली पहिचान कायम राख्न आफूहरू कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नर्थ ग्लेन चर्चको हलमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।   
    सम्मानित स्रष्टा व्याकुल पाठकले विदेशमा रहेर अति व्यस्तताको बाबजुद नेपालीको पहिचानलाई बचाइराख्नु र प्रचार गर्नु अवैतनिक राजदूतले गरे सरहको काम हो भन्नुभयो । अमेरिकामा नेपाली पहिचान कायम गरिरहेकाले यता कर्मथलो बनाएका नेपालीहरूलाई पलायन भएको भन्न नमिल्ने तर्क पनि उहाँले गर्नुभयो ।
    आकाश राईले राईहरूको साकेला नाचबारे चर्चा गर्नुभएको कार्यक्रममा डा. विजयराज शर्मा, निर्मल प्याकुरेल, हरि अधिकारी, वासु खनाल, भूपेन्द्र महत, श्वेता वाग्ले तथा समीर आचार्यले कविता वाचन गर्नुभएको थियो ।  
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope