नवराज सिलवाललाई खोज्न प्रहरीको विषेश टोली भट्टेडाँडामा, १५० प्रहरी परिचालित 

नवराज सिलवाललाई खोज्न प्रहरीको विषेश टोली भट्टेडाँडामा, १५० प्रहरी परिचालित 

पूर्व डीआईजी नवराज सिलवाल रहेको आशंकामा प्रहरीले ललितपुरको भट्टेडाँडामा करिब १५० प्रहरी परिचालन गरी खोजी जारी राखेको जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनको आज मतदाता नामावली प्रकाशन

राष्ट्रिय सभा निर्वाचनको आज मतदाता नामावली प्रकाशन

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम आज शुरु हुँदैछ । आगामी २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयागले आज मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

मिचिएको सीमा क्षेत्रमा अखिलको टोली

मिचिएको सीमा क्षेत्रमा अखिलको टोली

काठमाडौं । अनेरास्ववियुको एक टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिनुभयो ।

भक्तपुरमा देउवा, थापा र विजुच्छेको पुत्ला दहन

भक्तपुरमा देउवा, थापा र विजुच्छेको पुत्ला दहन

भक्तपुर । प्रदेश नम्बर ३ को अस्थायी मुकाम भक्तपुरको सट्टा हेटौडा तोकेको विरुद्धमा यहाँ प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधनमन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान विजुच्छेको सामूहिक पुत्ला दहन गरिएको छ ।

पार्टी एकता निष्कर्षमा पुगिरहेको छ : नेम्वाङ

पार्टी एकता निष्कर्षमा पुगिरहेको छ : नेम्वाङ

संविधानसभाका पूर्वअध्यक्षसमेत रहनुभएका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताउनुभयो ।

 सुनियोजित ढंगबाट ३ नम्बर प्रदेशको राजधानी सारियोः एमाले नेता बस्नेत

सुनियोजित ढंगबाट ३ नम्बर प्रदेशको राजधानी सारियोः एमाले नेता बस्नेत

भक्तपुर, माघ ४ । नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश वस्नेतले कमल थापा र नारायणमान बिजुज्छेको सुनियोजित योजना कारण अन्तिम अवस्थामा आएर ३ नम्बर प्रदेशको राजधानी हेटौडा सारिएको बताएका छन् ।  

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा र दाङको जनजीवन प्रभावित भएको छ । धनकुटाबासीले केही दिनदेखि जारी  आन्दोलनलाई आजदेखि कडा बनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ । भोली विहान ११ बजे बालुवाटारमा बस्ने गरी केन्द्रिय कार्य समितिको बैठक बोलाइएको कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी बैठक आज

एमाले स्थायी कमिटी बैठक आज

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको कार्यालय सचिव कृष्ण–गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री परिषदको बैठक फेरी ३ बजे बस्ने 

मन्त्री परिषदको बैठक फेरी ३ बजे बस्ने 

मन्त्रीपरिषद्को बैठक ३ बजेको लागि स्थगित गरिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरेको थियो ।त्यस्तै  वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाम माथि समेत बैठकमा छलफल भएको थियो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd