राजपा र फोरमको छिट्टै एकता हुन्छ : यादव

राजपा र फोरमको छिट्टै एकता हुन्छ : यादव

राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग चाँडै एकता हुने बताएको छ ।  राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले फोरमसँगको एकता प्रक्रिया केही दिनमै शुरु गर्ने बताउनुभएको हो ।

राष्ट्रिय सभा - इच्छुक दललाई दल दर्ताका लागि आह्वान

राष्ट्रिय सभा - इच्छुक दललाई दल दर्ताका लागि आह्वान

राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किए पनि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि १५ दिनको समय दिएको छ ।

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विच आज  बिहान भेटवार्ता भएको छ । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ ।

प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन

प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन

प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन भएकाले राजनीतिक दलहरु सांसद चयन गर्ने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले आज कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको छ ।

 राष्ट्रपतिद्वारा बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

राष्ट्रपतिद्वारा बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि -अध्यक्ष प्रचण्ड

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि -अध्यक्ष प्रचण्ड

काठमाडौँ, १४ पुस , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताउनुभएको छ । 

नियमावली बिनै कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा सरुवा माग

नियमावली बिनै कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा सरुवा माग

समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन् ।

नयाँ सरकार गठनमा देउवा बाधक : माधव नेपाल

नयाँ सरकार गठनमा देउवा बाधक : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ ।

पार्टी एकतामा कुनै समस्या छैन - प्रचण्ड

पार्टी एकतामा कुनै समस्या छैन - प्रचण्ड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ । बालकोटस्थित ओली निवासमा भएको छलफलमा वाम गठबन्धनका शीर्ष नेताबीच पार्टी एकता र नयाँ सरकार गठन लगायतका विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो ।

 नेकपा माओवादी केन्द्रभित्र आठौं अधिवशेनको माग

नेकपा माओवादी केन्द्रभित्र आठौं अधिवशेनको माग

निर्वाचनअघिबाटै एमालेसँग पार्टी एकिकरणको चर्चाका बीच नेकपा माओवादी केन्द्र भित्र भने एउटा समुहले आठौं अधिवशेनको माग बलियो बनाएको छ । अधिवेशन माग गर्दै माओवादी भित्र आठौं महाधिवेशन समुह निर्माण भएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd