संविधानसभाका पूर्वअध्यक्षसमेत रहनुभएका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताउनुभयो ।
भक्तपुर, माघ ४ । नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश वस्नेतले कमल थापा र नारायणमान बिजुज्छेको सुनियोजित योजना कारण अन्तिम अवस्थामा आएर ३ नम्बर प्रदेशको राजधानी हेटौडा सारिएको बताएका छन् ।
प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा र दाङको जनजीवन प्रभावित भएको छ । धनकुटाबासीले केही दिनदेखि जारी आन्दोलनलाई आजदेखि कडा बनाएका छन् ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ । भोली विहान ११ बजे बालुवाटारमा बस्ने गरी केन्द्रिय कार्य समितिको बैठक बोलाइएको कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको कार्यालय सचिव कृष्ण–गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद्को बैठक ३ बजेको लागि स्थगित गरिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरेको थियो ।त्यस्तै वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाम माथि समेत बैठकमा छलफल भएको थियो ।
काठमाडौं । निर्वाचन आयोग र राष्ट्रिय जनता पार्टी विच २ नम्बर प्रदेशमा राजपाले पाएको समानुपातिक सांसद चयनमा विवाद भएको छ ।
काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्तिमा भएको ढिलाई बारे जानकारी लिन पाँच दलका शीर्ष नेतालाई छलफलमा बोलाएको छ । निकास दिनुको साटो आरोप प्रत्यारोपमा उत्रिएपछि दलहरुलाई आयोगले आज छलफलमा बोलाएको हो ।
नयाँ सरकारका लागि मार्ग प्रस्सत गर्न र राष्ट्रियसभा निर्वाचनलाई पुर्णता दिन आज मन्त्रीपरिषदको बैठक बस्दैछ । पटक—पटक बस्दै आएको मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थाई राजधानी राजनितिक असहमतिले कारण तोक्न सकेको थिएन ,
निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै दस्तखतको नमूना पेस गर्न दलहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको हो ।
Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd