कोशी कटानमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

कोशी कटानमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

सुनसरीको कोशी गाउँपालीका ६ स्थित कोशी कटानमा गए राति बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

शनिबारदेखि जुम्लामा अनशनरत वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा.केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा.पूजन रोकायाले जानकारी दिनुभयो । डा केसीको स्वास्थ्य अवस्था  बिग्रदै गएको उहाँको भनाई  छ ।  जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पनि डा.केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको

ईपीजी बैठकले सरकारलाई सुझाव पेश गर्दै
 धादिङको पहिरोः पाँच जनाको मृत्यु,७ घर पुरिए 
राजपाको महाधिवेशन तयारी तिब्र
२१३ केजी लागू औषध चरेशसहित भारतीय नागरिक पक्राउ
भदौपछि ललितपुरमा बिजुलीबाट गुड्ने बस चल्ने

भदौपछि ललितपुरमा बिजुलीबाट गुड्ने बस चल्ने

ललितपुर महानगरपालिकाले प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बस ल्याउने भएको छ। यसका लागि महानगरले चाइनिज कम्पनी बिवाइडी अटो कोअपरेटिभ लिमिटेडसँग सहकार्य गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। महानगरले भदौ मसान्तभित्र तीन वटा इलेक्ट्रिक बस भित्र्याउने लक्ष्य राखेको छ । बस ४० सिटको हुनेछ। ‘प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बसले धेरै सहयोग गर्नेछ। त्यसैले हामीले डेमोको रूपमा यो बस प्रयोग गर्नेछौं,’ प्रमुख महर्जनले भने, ‘मलाई जहाँसम्म लाग्छ राम्रै हुन्छ। राम्रो नतिजा दियो भने इलेक्ट्रिक बसलाई नै प्राथमिकतामा राखेर काम गर्छौं।’ महानगरले बस किन्नकै लागि भनेर ३ करोड बजेट छुट्याएको छ। हाल महानगरले साझा यातायातसँग सहकार्य गरी महानगरभित्र बस सञ्चालन गरिहरहेको छ।

नियमावली परित गर्ने तयारी 

नियमावली परित गर्ने तयारी 

संघीय संसदको संयुक्त नियमावली आज पारित हुदैछ । संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिति कार्य सञ्चालन नियमावली आज पारित गर्ने तयारी गरिएको छ । त्यसका लागी अपरान्ह ४ बजे संयुक्त बैठक बस्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । संयुक्त बैठक बसेर नियमावली पारित गरेपछि संसदीय समिति गठनको बाटो खुल्नेछ ।

प्रधानमन्त्री ओलीको आज ल्हासा पुग्दै

प्रधानमन्त्री ओलीको आज ल्हासा पुग्दै

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज ल्हासा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ल्हासामा उहाँले नेपाली समुदायसंग अन्तक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरिक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी गरिएको छ । विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक १७ हजार ५ सय तोकिने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । हाल मजदुरको न्यूनतम परिश्रमिक ९ हजार ७ सय रहेको छ ।  

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd