
नेतृ सू कीलाई दिइएको सम्मान ‘फिर्ता’
म्यानमारकी नेतृ आङ सान सू कीलाई दिइएको ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान खोसिएको छ । सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् ।
स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाए पछि उनको सम्मान खोसिएको हो । उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् । यो सँगै प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सू कीको तस्वीर कलेजबाट हटाइदिएको छ ।
संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ मानेको छ । तर सू कीले भने यसलाई अस्वीकार गर्दै आएकी छन् । पछिल्लो समय कतिपयले सू कीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्

उत्तर कोरियाको आणविक परीक्षणहरु स्थगनप्रति रुसको स्वागत
७२ पटक पढिएको

चीनमा लामो कपालको महोत्सव
१६४ पटक पढिएको