सार्वजनिक स्थलबाट अझै हटाइएन निर्वाचन प्रचार सामग्री 

सार्वजनिक स्थलबाट अझै हटाइएन निर्वाचन प्रचार सामग्री 

३७५ पटक पढिएको

निर्वाचनका समयमा प्रचारका लागि प्रयोग गरिएका झण्डा, पर्चा, पोष्टर लगायतका सामग्री सम्बन्धित दल र उम्मेदवारले अझै नझिक्दा वातावरण प्रदुषण बढ्दै गएको छ । विभिन्न भागमा गरिएका फोहोर सफा नगरिएपछि निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई लोकतान्त्रिक आचरण अनुशरण गर्दै त्यस्ता सामग्री सफा गर्न आग्रह गरेको थियो । निर्वाचन आयोगले सबै दललाई आफ्नो दायित्व पूरा गर्न पटक पटक आग्रह गर्दै आफूसम्बद्ध निर्वाचन प्रचारका सामग्रीको फोहोर व्यवस्थापन गर्न  निर्देशन दिइसकेको छ ।