नयाँ सरकार गठनमा देउवा बाधक : माधव नेपाल

नयाँ सरकार गठनमा देउवा बाधक : माधव नेपाल

५० पटक पढिएको

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ । काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसदहरुको आज भएको सम्मान कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति समेत प्रकट गर्नु भएको छ । देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोली दिन पनि उहाले आग्रह गर्नुभयो । सरकार गठनका विषयमा वाम गठबन्धन भित्र कुनै विवाद नरहेको पनि दाबी गर्नुभएको छ ।