डा गोविन्द केसीको निशानामा केपी ओली

डा गोविन्द केसीको निशानामा केपी ओली

१५७१ पटक पढिएको

प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राजीनामा नदिएसम्म अनसन नतोड्ने डा गोविन्द केसीले अडान लिनुभएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा हुनुभएका डा केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । केसीले  बुधबार सर्वोच्च परिसरबाट बाहिरिने क्रममा अनसन जारी राख्ने या स्थगित गर्ने भन्नेबारेमा आज थप निर्णय हुने बताउनुभएको थियो । प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिएको भन्दै कसी समर्थकहरुले अबको निशाना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने बताएका छन् । केसीको मुद्दामा समर्थन जनाउँदै आएका सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले माइतीघरमा प्रदर्शन जारी छ । सो प्रदर्शनमा अब केसीबिरुद्ध अभिव्यक्ति दिनुभएका नेकपा एमालेका अध्यक्ष ओली निशानामा रहेको अधिवक्ता ओमप्रकाश अर्यालले चेताबनी दिनुभएको छ । अध्यक्ष ओलीले माफियाको संरक्षण गरिरहेको बताउँदै अध्यक्ष ओलीको २०२८ सालदेखिको सम्पूर्ण ट्र्याक रेकर्ड बमोजिम आन्दोलन सुरु गर्ने उहाँले चेताबनी दिनुभयो । उहाँले अब बन्ने सरकारलाई माइतीघरबाटै ढाल्ने समेत बताउनुभयो ।