लागु औषधसहित एकजना पक्राउ

लागु औषधसहित एकजना पक्राउ

३५५ पटक पढिएको

मोरङको बुढीगंगा गाउँपालिकामा लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागु औषधसहित सुनसरी बराहक्षेत्र बाट  दिवस बराइलीलाई पक्राउ गरेको हो । बराइलीलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले गए राति पक्राउ गरेको हो । प्रहरीले बराइलीको साथबाट एभिल १८ एम्पुल, डाइजेल्याब १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल र फेनारगन १८ एम्पुल बरामद गरेको छ ।