प्रधानन्यायाधीशद्वारा मार्ने धम्की : वरिष्ठ अधिवक्ता भण्डारी

प्रधानन्यायाधीशद्वारा मार्ने धम्की : वरिष्ठ अधिवक्ता भण्डारी

२७० पटक पढिएको

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सुरक्षाको माग सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुभएको छ । प्रधानन्यायाधीश पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र अज्ञात समूहले आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै भण्डारीले शान्ति सुरक्षाको माग गर्दै निवेदन दिनुभएको हो ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा डा. गोविन्द केसीको प्रतिरक्षा गरेर फर्केको दिन साँझ फोन गरेर प्रधानन्यायाधीशले ‘मेरी श्रीमतीको ज्यान तलमाथि भयो भने तपाई बच्नुहुन्न’ भनेर धम्क्याएको वरिष्ठ अधिवक्ता भण्डारीको दाबी छ । सो समयमा सामान्य आवेशयुक्त आक्रोश ठानेकाले टेलिफोन कुराकानी सार्वजनिक नगरेको बताउंदै अधिवक्ता भण्डारीले आफ्नो ल फर्ममा अज्ञात व्यक्तिहरुले धम्क्याउने क्रम बढेपछि सबै विवरण सार्वजनिक गर्न बाध्य भएको बताउनुभयो ।

कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले यो बिषयमा कुनै प्रतिक्रिया जनाएको छैन । केसीले भने आफ्नो मुद्दाको प्रतिरक्षा गर्ने कानून व्यवसायी माथि भएको धम्की प्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानन्यायाधीश स्वयंले धम्क्याएको विषय सार्वजनिक भइसक्दा सर्वोच्च अदालत भने मौन रहेको छ ।