अपाङ्ग, ज्येष्ठ नागरिक र महिलाको आशाको केन्द्र बस्नेत र थापा

अपाङ्ग, ज्येष्ठ नागरिक र महिलाको आशाको केन्द्र बस्नेत र थापा

१००० पटक पढिएको

भक्तपुर, २ मंसिर । सूर्यविनायक नगरपालिका कटुञ्जेका अपाङ्ग र ज्येष्ठ नागरिकले भाट माग्न आएका उम्मेदवारसंग सहज रुपमा बाच्न सक्ने व्यबस्था गरिदिन माग गरेका छन् ।  आगामी २१ गते हुने निर्वाचनमा प्रतिनिधीसभा तर्फका उम्मेदवार महेश बस्नेत र प्रदेशसभा तर्फका उम्मेदवार शशीजंग थापा आज घरदैलो कार्यक्रम गर्दै कटुञ्जे पुग्दा यहाँका अपाङ्ग र ज्येष्ठ नागरिकले यस्तो माग गरेका हुन् । 


मतदातामाझ आज पुग्नुभएका पूर्वमन्त्री एवं युवा नेता बस्नेतसंग कटुञ्जेका शारीरिक अपाङ्ग ३० वर्षका रामकुमार बिसुङ्खेले सरकारले दिएको अपाङ्ग भत्ताले बाच्न नपुग्ने भएकाले बाँच्न पुग्नेगरि भत्ता दिलाईदिन माग गर्नुभयो । उहाँले भन्नुभयो–“काम गर्न सक्ने अपाङ्गलाई ठिकै होला तर हामी जस्ता कामै गर्न नसक्ने शारीरिक अपाङ्ग भएका व्यक्तिलाई बाँच्न पुग्ने भत्ता दिलाईदिनुहोस् ।”


अपाङ्गलाई परिवार र समाजले समेत अपहेलाना गर्ने भएकाले अपाङ्गको माग पुरा गर्न आफू पूर्ण रुपमा लाग्ने बस्नेतले आश्वासन दिनुभयो । कटुञ्जे मै ७० वर्षका सानुभाई बिसुङ्खेले बस्नेतलाई फूलमालाले स्वागत गर्दै ज्येष्ठ नागरिक भत्ता बढाईदिन माग गर्नुभयो । उहाँले भन्नुभयो–“ज्येष्ठ नागरिकलाई बृद्धभत्ता सुरु गर्ने पार्टीका तपाई उम्मेदवार, हामी तपाईलाई आर्शिवाद दिन्छौ तर तपाई विजयी भएपछि बृद्ध भत्ता बढाईदिनु पर्छ, हामी तपाईलाई भोट दिन्छौ ।”


फूलमालाले बस्नेत र थापालाई स्वागत गर्दै स्थानीइ ७५ वर्षका ज्येष्ठ नागरिक बद्रीनाथ ढुङ्गेलले खुसी व्यक्त गर्दै विजयीको माला यसै गरि लगाउने बताउनुभयो । उहाँले भन्नुभयो–“बाबु आज आर्शिवाद दिएर फूलमाला लगाईदियौ, तीन साता पछि यसैगरिु विजयीको माला लगाइदिन पाऊँ, तिमी आए हामी बृद्धबृद्धाको उद्धार हुनेथियो ।”


स्थानीय ७० वर्षको उषा बिसुङ्खेले महिलाहरुका लागि रोजगारी र बृद्धबृद्धाहरुका लागि भत्ता बढाईदिएर अरुको भर पर्नु नपर्ने गरि बाच्न सक्ने अबस्थाको सृजना गरिदिन आग्रह गर्नुभयो । बस्नेतले आफू विजयी भएर गएपछि ज्येष्ठ नागरिक र महिलाहरुको हरेक माग पुरा गर्न आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


बस्नेतले भन्नुभयो–“भूकम्पमा घर भत्किएका ६ हजार भन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाईदिएर सहयोग गरे, पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र म उद्योग मन्त्री हुँदा भक्तपुरमा पाँच अर्बको बजेट ल्याएर भक्तपुरमा विकासका सुरुवात गरे, अबको पाँच वर्षमा भक्तपुरलाई विकासबाट सम्पन्न जिल्ला बनाउने छु, युवाहरुको लागि रोजगारी, बृद्धबृद्धाका लागि भत्ता बढाउने, स्वास्थ्य उृपचारमा निःशुल्क गर्ने, यातायातका साधनमा निःशुल्क गर्ने व्यबस्था गर्ने छु ।”


वर्षौदेखि विकासमा पछि परेको भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, गाउँगाउँमा सडक, खानेपानी, संचार, स्वास्थ्य संस्था पुर्याउने, आधुनिक सुविधा सम्पन्न सहरको विकास गर्ने एजेण्डा लिएर मतदाता समक्ष मत माग्न गएको उहाँ बताउनभयो । 


युवा वर्ग, ज्येष्ठ नागरिक, महिलाको अधिकारका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । प्रदेशसभा उम्मेदवार शशीजंग थापाले सूर्यविनायक नगरपालिका प्रदेशको समग्र विकास लागि आफू निरन्तर रुपमा लागिरहने बताउनुभयो । उहाँले भन्नुभयो–“हामीलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउनुहोस्, तपाईको माग पुरा गर्ने र सूर्यविनायक नगरक्षेत्रको समग्र विकास गर्ने जिम्मेवारी हाम्रो काधमा दिनुहोस, हामी जिम्मेवारी पुरा गर्छौ ।”


घरदैलो कार्यक्रममा विशाल र्याली सहित कटुञ्जे पुगेका उम्मेदवारलाई मतदाताले ठाउँठाउँमा फूलमालाले भव्य रुपमा स्वागत गर्दै जनताको आशा र भरोसाको केन्द्र बस्नेत र थापा मात्रै रहेको बताएका थिए । कटुञ्जे नेपाली काँग्रेसका जिल्ला सभापति दूर्लभ थापा र निवर्तमान् सांसद रामेश्वर ढुङ्गेलको गाउँमा एमालेको भव्य स्वागत र जनलहर देख्दा मतदाता निकै उत्साहित भएका थिए ।