अमेरिकाले चुङ सिङमाथि नाकाबन्दी लगाएको कुराबारे चीनको वाणिज्य मन्त्रालयको जवाफ

अमेरिकाले चुङ सिङमाथि नाकाबन्दी लगाएको कुराबारे चीनको वाणिज्य मन्त्रालयको जवाफ

२१५ पटक पढिएको

अमेरिकी वाणिज्य मन्त्रालयले चुङसिङ दूर-सञ्चार उपकरण नियमका लागि निर्यात सीमितताको कदम चाल्ने घोषणा गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले सत्र तारिख उक्त कुराको प्रगतिमाथि ध्यान दिने, आवश्यक कदम चाल्ने तथा चिनियाँ उद्योग-व्यवसायको वैधानिक हितको संरक्षण गर्ने कुरा बताएका छन्।

पूर्वी अमेरिकी समय बमोजिम सोह्र तारिख अमेरिकी वाणिज्य मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै अमेरिकी सरकारले चुङसिङ दूर-सञ्चार उपकरण नियमलाई अमेरिकी उद्योग-व्यवसायबाट सम्वेदनशील उत्पादित-वस्तु खरीद गर्न निषेध गर्ने कुरा बताएको थियो।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनले चिनियाँ उद्योग-व्यवसायसँग विदेशमा व्यापार गर्ने क्रममा अरु मुलुकको कानून र नीतिलाई पालना गर्न, वैधानिक रुपमा र नियमबमोजिम व्यापार गर्न आग्रह गरिरहेको कुरा बताउनुभयो।