कांग्रेस केन्द्रिय समिति बैठक स्थगित,अर्को बैठक बैशाख २१ गते

कांग्रेस केन्द्रिय समिति बैठक स्थगित,अर्को बैठक बैशाख २१ गते

३८२ पटक पढिएको

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी चयन गर्न बोलाएको निर्वाचित केन्द्रिय समितिको बैठक स्थगित भएको छ । 

आफुसंग छलफलनै नगरि पदाधिकारी चयन गर्न लागिएको भन्दै नेता रामचन्द्र पौडेल र पुर्व महामन्त्री कृण्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गरेपछि आज बिहान ९ बजे बोलाईएको केन्द्रिय समिति बैठक स्थगित भएको हो । 

कांग्रेस स्रोतका अनुसार पदाधिकारी चयनकालागि केन्द्रिय समिति बैठक आगामी २१ गते बोलाउने सहमती शीर्ष नेताबीच जुटेको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले शीर्ष नेताबीच छलफल गरेर सहमतीमै पदाधिकारी चयन गर्न बैठक बैशाख २१ गते दिउँसो २ बजे सारिएको क्यापिटल समाचारलाई जानकारी दिनुभयो । 

सभापति देउवाले उपसभापति, महामन्त्री र सह महामन्त्री लगायतका पदमा आफ्नै समुहका नेतालाई नियुक्त गर्ने तयारी गरेपछि नेता पौडेल पक्षले त्यसमा आपत्ती जनाएको थियो । 

महाधिवेशन सकिएको झण्डै साढे २ बर्ष वितिसक्दा समेत सभापति देउवाले रिक्त पदाधिकारीको टुङ्गो अझै लगाउन सकेका छैनन ।