चेन्नईद्वारा दिल्ली १३ रनले पराजित 

चेन्नईद्वारा दिल्ली १३ रनले पराजित 

३३२ पटक पढिएको

एजेन्सी ।  इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किंग्सले दिल्ली डेयर डेभिल्सलाई १३ रनले पराजित गरेको छ । गए राति भएको खेलमा दिल्लीलाई पराजित गर्दै चेन्नई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

२ सय १२ को विशाल लक्ष्य पछ्याएको दिल्लीले ५ विकेट गुमाएर १ सय ९८ रन मात्र जोड्न सक्यो । ऋषव पन्तले ७९ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । विजय शंकरले नटआउट ५४ रन बनाएका थिए ।

यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । कप्तान महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै २२ रनमा नटआउट ५१ जोडेर टोलीलाई विशाल योगफल दिलाएका थिए ।

सेन वार्टसनले सर्वाधिक ७८ रन बनाएको इनिङ्समा अम्बाती रायडुले ४१ रनको योगदान दिएका थिए । 

जितपछि चेन्नईले ८ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मात्र ४ अंक जोडेको दिल्ली तालिकाको पुछारमा छ । उसको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।