रक्तदाता समाजमा कर्माचार्यको नेतृत्व

रक्तदाता समाजमा कर्माचार्यको नेतृत्व

२८० पटक पढिएको

काठमाडौँ  । नेपाल स्वयमसेवी रक्तदाता समाजको तेस्रो केन्द्रीय महाधिवेशले सतक रक्तदाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले आगामी पाँच बर्षका लागि १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिका उपाध्यक्षमा ध्रुव थपलिया, महासचिव राधाकृष्ण तण्डुकार, सचिव राजन महर्जन, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठ हुनुहुन्छ भने सदस्यहरूमा कृष्ण चौहान क्षेत्री रूपन्देही, टंक परियार सल्यान, श्याम गौतम दोलखा, शिवकुमार साह धनुषा, गुञ्जनकुमार गुप्ता कपिलवस्तु, तिर्थराज अवस्थी कास्की, रश्मि रोका मगर म्याग्दी र भिम विक कैलाली हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको उक्त अधिवेशनमै यस क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकोमा रुपन्देही शाखालाई सम्मान गरिएको थियो ।  
रत्तदानको क्षेत्रमा काम गर्ने नेपालकै सबैभन्दा ठूलो संस्थाको २३ जिल्लामा शाखा तथा ३० हजार भन्दा बढी सक्रिय सदस्य रहेका छन् ।