नेपाल बन्द हल्ला मात्र

नेपाल बन्द हल्ला मात्र

३९३ पटक पढिएको

काठमाडौं उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले जानकारी दिएको  छ । उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजो अस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगा प्रहरीले जनाएको छ । त्यहाँबाट बिहान एक दुई बजेतिर नै धेरै गाडी काठमाडौं भित्रिसकेको र अहिले ५०–६० वटा गाडी नागढुंगामा रहेका ट्राफिक प्रहरीले जनाएको छ । 

यसैविच नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान नगरेको जनाएको छ । शुक्रबार बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको हो ।